नेपाल आइपुगे भारतीय विदेश सचिव मिस्री

नेपाल आइपुगे भारतीय विदेश सचिव मिस्री
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १, आईतवार १०:३१
नेपाल आइपुगे भारतीय विदेश सचिव मिस्री

काठमाडौँ : भारतीय विदेशसचिव विक्रम मिस्री आइतबार नेपाल आएका छन्।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा काठमाडौँ आएका मिस्रीले नेपाल–भारतबीचको उच्चस्तरीय राजनीतिक संवादका एजेन्डाबारे छलफल गर्ने कार्यक्रम छ।

ADVERTISEMENT

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भदौको अन्तिम साता तय भएको भारत भ्रमणका लागि औपचारिक निमन्त्रणापत्र बुझाउने बताइएको छ।

प्रकाशित मिति: २०८२ भाद्र १, आईतवार १०:३१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !