सप्तरी गोलीकाण्डमा दोषी प्रहरीलाई कडा कारबाही गर्न समाजवादी विद्यार्थी युनियनको माग

सप्तरी गोलीकाण्डमा दोषी प्रहरीलाई कडा कारबाही गर्न समाजवादी विद्यार्थी युनियनको माग
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २५, आईतवार १९:५५
सप्तरी गोलीकाण्डमा दोषी प्रहरीलाई कडा कारबाही गर्न समाजवादी विद्यार्थी युनियनको माग

जनकपुरधाम : सप्तरीको राजगढ गाउँपालिका–२, कमलपुरका ३६ वर्षीय लालु प्रसाद यादवको गत मंगलबार राति प्रहरीले गोली चलाएर हत्या गरेको घटनाप्रति समाजवादी विद्यार्थी युनियन, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ। यादवको मृत्युप्रति युनियनले गम्भीर दुःख व्यक्त गर्दै यसलाई अमानवीय तथा गैरकानुनी कृत्य भन्दै कडा निन्दा गरेको छ।

स्व. लालु यादव खुवलाल जग्रनाथ शक्तिपाठ आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष थिए भने सामाजिक क्षेत्रमा समेत सक्रिय व्यक्तित्वका धनी थिए। तर, स्थानीय प्रहरी प्रशासनले नियमनको नाममा गरेको दमनकारी र गुण्डा नियन्त्रणका क्रममा गोली प्रहार गरी उनको ज्यान लिएकोले मानवअधिकार तथा राज्य संयन्त्रको चरित्रमाथि प्रश्न उठाएको युनियनले उल्लेख गरेको छ।

ADVERTISEMENT

समाजवादी विद्यार्थी युनियनका अध्यक्ष मनिष कुमार यादवले भने, “शान्तिपूर्ण समाधान गर्न सकिने स्थितिमा प्रहरीले गोली प्रहार गर्नु शक्ति दुरुपयोगको चरम उदाहरण हो। यो संविधानले प्रदत्त नागरिक अधिकार र लोकतान्त्रिक मूल्य मान्यतामाथि प्रत्यक्ष प्रहार हो।”

युनियनले घटनाको यथाशीघ्र छानबिन गरी दोषी प्रहरीलाई कडा कारबाही गर्न सरकारसँग जोडदार माग गरेको छ।

प्रकाशित मिति: २०८२ श्रावण २५, आईतवार १९:५५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !