ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ३१, बुधबार १८:३५
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु

बारा : बारामा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको छ।

वीरगन्ज–पथलैया सडकखण्डअन्तर्गत जितपुर सिमरा उपमहानगरपालिका–२३ मा गएराति ना.३ ख ५६१० नम्बरको ट्रकले ना.४३ प ५१२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

ADVERTISEMENT

दुर्घटनामा पर्साको वीरगन्ज महानगरपालिका–१५ नगवाका ३५ वर्षीय रवीन्द्र उपाध्याय र बाराको करैयामाई गाउँपालिका–७ का ३० वर्षीय दिलिप चौधरी गम्भीर घाइते भएका थिए।

घाइते दुवैलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

दुर्घटनापछि ट्रक चालकलाई इलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र ३१, बुधबार १८:३५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !