काठमाडौंमा मधेशी युवा विद्यार्थीहरूसँग जनमत नेताहरूको भेटघाट

काठमाडौंमा मधेशी युवा विद्यार्थीहरूसँग जनमत नेताहरूको भेटघाट
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २३, शुक्रबार २१:१९
काठमाडौंमा मधेशी युवा विद्यार्थीहरूसँग जनमत नेताहरूको भेटघाट

काठमाडौं : काठमाडौंमा अध्ययनरत मधेशी युवा विद्यार्थीहरूसँग जनमत पार्टीका शीर्ष नेताहरूले भेटघाट गरी उनीहरूको समस्या सुनेका छन्।

शुक्रबार बालकुमारीस्थित ‘बेरोजगार चायवाला कटेज’मा भएको कार्यक्रममा पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष अब्दुल खान र पार्टीका राष्ट्रिय सचीव तथा मधेश प्रदेशका वन तथा वातावरण मन्त्री संजय कुमार यादवले विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गरेका हुन्।

ADVERTISEMENT

भेटघाटमा विद्यार्थी जनमत संघका केन्द्रीय अध्यक्ष पोषण कुमार यादवसहित विभिन्न सामाजिक, राजनीतिक तथा शैक्षिक क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको उपस्थिति थियो। नेताहरूले मधेशबाट काठमाडौंमा आएका विद्यार्थीहरूको शैक्षिक, आर्थिक र सामाजिक अवस्थाबारे विस्तृत जानकारी लिएका थिए।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले आवास, रोजगारीको अवसर, भाषिक भेदभावलगायतका समस्याहरू खुलाएका थिए। जनमत पार्टीका नेताहरूले विद्यार्थीका माग सम्बोधनका लागि पार्टी र सम्बन्धित निकायसँग पहल गर्ने आश्वासन दिएका छन्।

आयोजकका अनुसार, यो भेटघाटले काठमाडौंमा रहेका मधेशी विद्यार्थीहरूको आवाजलाई राष्ट्रिय तहमा पुर्‍याउने अवसर दिएको छ।

प्रकाशित मिति: २०८२ श्रावण २३, शुक्रबार २१:१९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !