सर्लाहीमा स्कुल बसको ढोकाबाट खस्दा कक्षा ३ का विद्यार्थीको मृत्यु

सर्लाहीमा स्कुल बसको ढोकाबाट खस्दा कक्षा ३ का विद्यार्थीको मृत्यु
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २३, शुक्रबार १०:१४
सर्लाहीमा स्कुल बसको ढोकाबाट खस्दा कक्षा ३ का विद्यार्थीको मृत्यु

सर्लाही : सर्लाहीको बरहथवामा स्कुल बसको ढोकाबाट खसेर एक विद्यार्थीको ज्यान गएको छ।

मृत्यु हुनेमा धनकौल गाउँपालिका–३ हरकठ्वाका १३ वर्षीय फैजान शेख रहेका छन्। उनी कायाकल्प एकेडेमीमा कक्षा ३ मा अध्ययनरत थिए।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिहीबार अपराह्न साढे ४ बजे बरहथवा नगरपालिका–८ टाँडीस्थित भित्री सडकखण्डमा ग १ ख ९५६८ नम्बरको विद्यालय बसको ढोकाबाट लड्दा फैजान गम्भीर घाइते भएका थिए। बसको ढोकामा उभिएका उनी अचानक लडेर घाइते भएपछि बरहथवाको संकटमोचन अस्पतालमा पुर्याइएको थियो।

प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगञ्जको नेशनल मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा साँझ ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि बस चालक, बागमती नगरपालिका–१० का २१ वर्षीय राजकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रकाशित मिति: २०८२ श्रावण २३, शुक्रबार १०:१४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !