अर्थसहित पाँचवटा संसदीय समितिको बैठक बस्दै

अर्थसहित पाँचवटा संसदीय समितिको बैठक बस्दै
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २३, शुक्रबार ०९:३१
अर्थसहित पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं : सङ्घीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिका बैठक बस्दैछन् ।

शुक्रबार अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक मामिला समिति, सार्वजनिक लेखा समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्न लागेको हो ।

ADVERTISEMENT

सबै समितिका बैठक बिहान ९ देखि दिउँसो १ बजेको बीचमा सिंहदरबारस्थित समितिका बैठक कक्षमा बस्नेछन् ।

महिला तथा सामाजिक मामिला समितिको बैठकमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी विद्यमान कानूनी जटिलता सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल हुनेछ ।

सार्वजनिक लेखा समितिको बैठकमा बेरुजुको आयतन उच्च भएका १० मन्त्रालयका सचिव र सो अन्तर्गतका विभागका प्रमुखसँग छलफल गर्ने कार्यसूची छ ।

यसैगरी, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिबाट भएका स्थलगत अनुगमनका प्रतिवेदनमाथि छलफल हुनेछ ।

अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसदहरूका साथै विज्ञहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: २०८२ श्रावण २३, शुक्रबार ०९:३१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !