सांसद सिंह भन्छन् – ‘नेपालका नेता तीन नेता संसारकै ठूला ठग’

सांसद सिंह भन्छन् – ‘नेपालका नेता तीन नेता संसारकै ठूला ठग’
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २१, बुधबार २३:००
सांसद सिंह भन्छन् – ‘नेपालका नेता तीन नेता संसारकै ठूला ठग’

काठमाडौं : संघीय सांसद अमरेश कुमार सिंहले नेपालको राजनीतिक नेतृत्वप्रति तीव्र आलोचना गर्दै देशका नेताहरूलाई ‘संसारकै ठूला ठग’ को संज्ञा दिएका छन्।

बुधबार एक अन्तर्वार्तामा बोल्दै सिंहले नेपाली नेताहरूले अमेरिका, चीन, भारतजस्ता राष्ट्रलाई समेत ठगेको टिप्पणी गरे। उनले भने, ‘नेपालका नेताहरू संसारभरिका सबैभन्दा ठूला ठग हुन्। अमेरिका, चीन, भारतजस्ता देशलाई पनि ठगेका छन्, नेपालको त झन् के कुरा गर्नु ? यिनीहरू परापूर्वकालदेखि नै ठगी गर्दै आएका छन्।’

ADVERTISEMENT

सिंहले बिचौलियाहरूको चलखेलले नेपाली राजनीति प्रदूषित बनाएको भन्दै देश बीस जना बिचौलियाहरू को नियन्त्रणमा चलिरहेको आरोप लगाए। उनले स्पष्ट रूपमा भने, ‘नेपालको राजनीति स्वच्छ छैन। यहाँ नेताभन्दा बिचौलियाहरू बलिया छन्। मिडिया, वकिललगायत विभिन्न आवरणमा लुकेका बिचौलियाहरू छन्, जसले नेताहरूलाई हातको औँलामा नचाइरहेका छन्।’

सांसद सिंहले तीन जना प्राधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘सिन्डिकेटका नाइके’ भन्दै सीधा रूपमा आलोचना गरे। उनका अनुसार यिनीहरू राजनीतिक सिण्डिकेटका अगुवा हुन्, जसले देशको लोकतन्त्रलाई खोक्रो बनाइरहेका छन्।

उनले राजनीतिक सुधारका लागि नेताहरूको जिम्मेवारीबोध आवश्यक रहेको र जनताले यस्ता विकृति र विसंगतिविरुद्ध स्पष्ट आवाज उठाउनुपर्ने बताए।

प्रकाशित मिति: २०८२ श्रावण २१, बुधबार २३:००
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !