गोकर्णेश्वर महादेव मन्दिरमा बोलबम काँवरियाका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

गोकर्णेश्वर महादेव मन्दिरमा बोलबम काँवरियाका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १९, सोमबार १३:३४
गोकर्णेश्वर महादेव मन्दिरमा बोलबम काँवरियाका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं : २६औँ श्रावनी मेलाको अवसरमा काठमाडौंको सुन्दरीजलस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा बोलबम काँवरियाका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

निःशुल्क स्वास्थ्य शिविर आम उद्योग बाणिज्य संघको समन्वयमा भोलेनाथ काँवरिया संघले आयोजना गरेको हो। शिविरमा सयौँ बोलबम काँवरियाले स्वास्थ्य परीक्षण गराएका छन्।

ADVERTISEMENT

आयोजक संस्था आम उद्योग बाणिज्य संघका अध्यक्ष साजन जयसवालका अनुसार धर्मकर्मको भावनासहित गरिएको यो शिविरमा काँवरियाहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो। “शिव भक्तजनहरूको सेवा गरेर हामीले पनि पुण्य कमायौँ भन्ने अनुभूति भएको छ,” अध्यक्ष जयसवालले बताए।

शिविरमा डा. सुनिल चौधरीको नेतृत्वमा चिकित्सकहरूको टोलीले काँवरियाहरूको सामान्य स्वास्थ्य परीक्षण गरेको थियो। स्वास्थ्य शिविर सफल बनाउन काँवरिया संघका अध्यक्ष राजकुमार साह कलवार, कार्यकारी अध्यक्ष चुनुलाल जयसवाल र संघका अन्य पदाधिकारीको सक्रिय सहयोग रहेको जनाइएको छ।

शिविरमा रक्तचाप, ज्वरो, सासप्रशास, सुगरजस्ता सामान्य परीक्षण गरिनुका साथै स्वास्थ्य सम्बन्धी परामर्शसमेत दिइएको थियो। आयोजकहरूले हरेक वर्ष यस्तो सेवा कार्यलाई निरन्तरता दिने बताएका छन्।

प्रकाशित मिति: २०८२ श्रावण १९, सोमबार १३:३४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !