‘बालबालिकालाई संस्कारसहितको शिक्षा दिनुपर्छ’: मुख्यमन्त्री कँडेल

‘बालबालिकालाई संस्कारसहितको शिक्षा दिनुपर्छ’: मुख्यमन्त्री कँडेल
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १८, आईतवार १९:१८
‘बालबालिकालाई संस्कारसहितको शिक्षा दिनुपर्छ’: मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेपालको मौलिकता, धार्मिक सहिष्णुता र सांस्कृतिक विशेषताको संरक्षणका लागि बाल्यकालदेखि संस्कारसहितको शिक्षा आवश्यक रहेको बताएका छन् ।

सुर्खेतस्थित सत्य साइ केन्द्रमा हरेक शनिबार सञ्चालन हुने बाल विकास कक्षाको अवलोकन गर्दै मुख्यमन्त्री कँडेलले पछिल्लो समय नेपाली समाजमा संस्कार, आचरण र मूल्यमान्यतामा ह्रास हुँदै गएकाले यसमा सचेत हुन आग्रह गरे।

ADVERTISEMENT

हाम्रो मौलिक संस्कृति, रीतिरिवाज, आचरण र सामाजिक व्यवहारमा देखिएका समस्या समाधान गर्न सानैदेखि नैतिक र चारित्रिक शिक्षा दिन जरुरी रहेको उनले उल्लेख गरे ।

बाल विकास कक्षामा सहभागी बालबालिकाले भजन र श्लोक वाचनलगायत प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: २०८२ श्रावण १८, आईतवार १९:१८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !