लालवीर चौधरी नागारिक उन्मुक्ति पार्टीको अध्यक्षमा सर्वसम्मत चयन

लालवीर चौधरी नागारिक उन्मुक्ति पार्टीको अध्यक्षमा सर्वसम्मत चयन
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १५, बिहीबार १७:४२
लालवीर चौधरी नागारिक उन्मुक्ति पार्टीको अध्यक्षमा सर्वसम्मत चयन

काठमाडौं : नागारिक उन्मुक्ति पार्टी (नाउपा)ले नयाँ नेतृत्व चयन गर्दै प्रतिनिधिसभा सदस्य लालवीर चौधरीलाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको छ ।

काठमाडौंमा सम्पन्न पार्टीको राष्ट्रिय भेलाले चौधरीलाई पार्टीको नयाँ अध्यक्ष चयन गरेको हो । चौधरी वर्तमान प्रतिनिधिसभाका सांसद समेत हुन् ।

ADVERTISEMENT

भेलाले पार्टीकी पूर्वअध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गर्ने निर्णयसमेत गरेको छ ।

नाउपामा पछिल्लो समय देखिएको आन्तरिक विवादपछि श्रेष्ठको पदच्युतिसहित नेतृत्व फेरबदल गरिएको हो ।

पार्टी स्रोतका अनुसार, अब पार्टीलाई सुदृढ बनाउने र आगामी राजनीतिक रणनीतिमा स्पष्टता ल्याउने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरिएको हो ।

प्रकाशित मिति: २०८२ श्रावण १५, बिहीबार १७:४२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !