जनमत पार्टीलाई बदनाम गर्ने षड्यन्त्र अस्वीकार्य : नेता रामकेश गुप्ता

जनमत पार्टीलाई बदनाम गर्ने षड्यन्त्र अस्वीकार्य : नेता रामकेश गुप्ता
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १२, सोमबार २२:१३
जनमत पार्टीलाई बदनाम गर्ने षड्यन्त्र अस्वीकार्य : नेता रामकेश गुप्ता

भैरहवा : जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज रामकेश गुप्ताले पार्टीभित्र देखिएको खिचातानी र नेतृत्वविरुद्ध भइरहेको टिप्पणीलाई आपत्तिजनक भन्दै ती कार्यहरू पार्टी विरोधी गतिविधिका रूपमा ब्याख्या गरेका छन्।

“पार्टी छ भने हामी सबै सम्मानित छौं। तर पार्टीभित्र रहन चाहने जो कोहीले पार्टीको नीति, नियम, सिद्धान्त र नेतृत्वलाई स्वीकार गर्नैपर्छ,” गुप्ताले स्पष्ट रूपमा भने। उनले नेतृत्वविना कुनै पनि संगठनको निर्माण हुन नसक्ने उल्लेख गर्दै जनमत पार्टी एकद्वार प्रणालीबाट संचालन हुने पार्टी भएको स्मरण गराए।

ADVERTISEMENT

गुप्ताका अनुसार पार्टीले आवश्यक निर्णय गर्दा, कडाई गर्दा वा अनुशासनात्मक कारबाही गर्दा त्यसलाई व्यक्तिगत रुपमा लिनु वा प्रचारवाजी गर्नु अनुचित हो। “भित्र हुँदा सबै कुरा ठिक लाग्ने, तर कारबाही भएपछि सबै कुरा गलत भन्नु दुराशयपूर्ण प्रवृत्ति हो,” उनले टिप्पणी गरे।

हालै पार्टीभित्र देखिएको असहमति र प्रचारप्रसारबारे बोल्दै गुप्ताले भने, “पार्टीमा जुन खिचातानी देखिएको छ, त्यो गलत हो। पार्टीले कुनै निर्णय लिँदा त्यसको विरुद्धमा प्रचारप्रसार गर्नु, पम्प्लेट छाप्नु, घोषणापत्र निकाल्नु, यहाँसम्म कि स्वराजको नाम लिएर पार्टीलाई बदनाम गर्नु, सबै अस्वीकार्य छ।”

जनमत पार्टी सामान्य मधेशी परिवार, गरिब, युवा बेरोजगारहरूको रगत–पसिनाबाट बनेको पार्टी भएको उल्लेख गर्दै उनले भने, “यो पार्टीको सम्मान रक्षा गर्नु हामी सबैको कर्तव्य हो। यसलाई बदनाम गर्ने सोच नै नगर्नुस्।”

पार्टी अध्यक्ष डा. सीके राउतप्रति विश्वास व्यक्त गर्दै गुप्ताले भने, “राष्ट्रिय अध्यक्ष डा. राउत सबै स्वराजीहरूका गुरु हुनुहुन्छ। उहाँकै नेतृत्वबाट देश, मधेश र मधेशी जनताको कल्याण सम्भव छ।”

प्रकाशित मिति: २०८२ श्रावण १२, सोमबार २२:१३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !