जनमत पार्टी रुपन्देहीले उपनिर्वाचन लक्षित अभियान तिब्र बनायो, ओमसतिया–२ मा बुथ कमिटी गठन

जनमत पार्टी रुपन्देहीले उपनिर्वाचन लक्षित अभियान तिब्र बनायो, ओमसतिया–२ मा बुथ कमिटी गठन
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १०, शनिबार १८:४९
जनमत पार्टी रुपन्देहीले उपनिर्वाचन लक्षित अभियान तिब्र बनायो, ओमसतिया–२ मा बुथ कमिटी गठन

रुपन्देही : जनमत पार्टीले रुपन्देही क्षेत्र नं. ३ मा हुन लागेको उपनिर्वाचनलाई लक्षित गर्दै सांगठानिक अभियानलाई तिव्रता दिएको छ। चुनावी तयारीलाई प्रभावकारी बनाउन पार्टीले ओमसतिया गाउँपालिका–२ मा ९ सदस्यीय बुथ कमिटी गठन गरेको छ।

बुथ कमिटी गठन कार्यक्रम जनमत पार्टीका जिल्ला इन्चार्ज एवं केन्द्रीय कार्यकारिणी सदस्य रामकेश गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष करद्धावन चौधरीले गरेका थिए।

ADVERTISEMENT

कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष राजेन्द्र गुप्ता, केन्द्रीय सदस्यहरू संजय कुमार मिश्र, रामअवध गुप्ता, रामु यादव, प्रमोद राउत, अर्जुन जयसवाल, किरण गुप्ता र शिवचरण गुप्ताको उपस्थिति रहेको थियो। यस्तै, प्रदेशस्तरबाट सुमन शर्मा रायमाझि तथा जिल्ला नेतृत्वबाट विरेन्द्र लोध, रविन्द्र प्रताप धवल, रुपचन्द्र यादव र पालिका अध्यक्ष रामेश धवल लगायत विभिन्न तहका नेता–कार्यकर्ताहरू पनि सहभागी थिए।

पार्टीले उपनिर्वाचनलाई जनमतको पक्षमा परिणत गर्ने रणनीति अन्तर्गत स्थानीय संरचनाहरूलाई सक्रिय बनाउने योजना अघि सारेको छ। त्यसैअनुसार बुथ तहमै कार्यकर्ता परिचालन गर्दै संगठन विस्तार गर्ने कार्य सुरु गरिएको जनाइएको छ।

कार्यक्रममा बोल्ने नेताहरूले नवगठित बुथ कमिटीलाई पार्टीको विचार, नीति र कार्यशैलीलाई गाउँ–गाउँसम्म पुर्‍याउने जिम्मेवारी बहन गर्न आग्रह गरे। उनीहरूले बुथ स्तरको सुदृढ संगठन निर्माणबाट चुनावमा प्रभावकारी उपस्थिति देखिने विश्वास व्यक्त गरे।

समापनमा नवगठित बुथ कमिटीका पदाधिकारीहरूलाई शुभकामना दिँदै सफल कार्यकालको शुभेच्छा व्यक्त गरिएको थियो। जनमत पार्टीले उपनिर्वाचनलाई संगठन विस्तारको अवसरका रूपमा लिँदै स्थानीय जनसम्पर्क र सक्रिय अभियानलाई प्राथमिकता दिएको देखिएको छ।

प्रकाशित मिति: २०८२ श्रावण १०, शनिबार १८:४९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !