गोवरगाढा टापु पुगे जनमतका उपाध्यक्ष डा. राउत, बाढी पीडितका समस्या सुने

गोवरगाढा टापु पुगे जनमतका उपाध्यक्ष डा. राउत, बाढी पीडितका समस्या सुने
लोकेन्द्रप्रसाद यादव लोकेन्द्रप्रसाद यादव २०८२ श्रावण २, शुक्रबार २१:३७
गोवरगाढा टापु पुगे जनमतका उपाध्यक्ष डा. राउत, बाढी पीडितका समस्या सुने

राजविराज : जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष डा. जयकान्त राउत शुक्रबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ स्थित गोवरगाढा टापु पुगेका छन्।

कोसी नदीको बिच भागमा पर्ने गोवरगाढा टापुमा डुंगा प्रयोग गरी जोखिमपूर्ण यात्रा गर्दै पुगेका डा. राउतले स्थानीय नागरिकहरूसँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका थिए। बाढी, कटान र बसाइँसराइको समस्या झेल्दै आएका टापुवासीको पीडा सुन्दै डा. राउतले तिनै तहका सरकार समक्ष दवाब दिन आफू प्रतिबद्ध रहेको बताए।

ADVERTISEMENT

गत प्रतिनिधिसभा निर्वाचनमा सप्तरी–१ बाट उम्मेदवार बनेका डा. राउतले स्थलगत अवलोकनपछि टापुवासीको जीवन कष्टकर रहेको टिप्पणी गर्दै सरकारले दीर्घकालीन समाधानमा लाग्नुपर्ने बताए।

उनले गोवरगाढाको शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार तथा आवागमन जस्ता आधारभूत सेवाबाट वञ्चित नागरिकका समस्या नजिकबाट बुझेको उल्लेख गर्दै सरकारलाई लिखितरूपमा सुझावसहित ज्ञापन बुझाउने तयारी रहेको जानकारी दिए।

प्रकाशित मिति: २०८२ श्रावण २, शुक्रबार २१:३७
लोकेन्द्रप्रसाद यादव

लोकेन्द्रप्रसाद यादव

लेखक


तपाईको प्रतिक्रिया !