सिरहाको कल्याणपुरका नगरप्रमुख साह एक लाख घुस रकमसहित पक्राउ

सिरहाको कल्याणपुरका नगरप्रमुख साह एक लाख घुस रकमसहित पक्राउ
मधेशपत्र मधेशपत्र २०८२ असार ३२, बुधबार १७:३३
सिरहाको कल्याणपुरका नगरप्रमुख साह एक लाख घुस रकमसहित पक्राउ

सिरहा : सिराहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह एक लाख रुपैयाँ घुस रकमसहित रङ्गेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीबास कार्यालयबाट खटिएको टोलीले आज दिउँसो उनलाई नगरपालिकाको कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो ।

ADVERTISEMENT

आयोगका अनुसार, उपभोक्ता समितिबाट भुक्तानीको प्रक्रियामा नगरप्रमुख साहले एक लाख रुपैयाँ घुस लिइरहेका बेला उनी पक्राउ परेका हुन् ।

आयोगले पूर्व जानकारीका आधारमा निगरानी गर्दै आएको र प्रमाणसहित उनलाई नियन्त्रणमा लिएको आयोग स्रोतले जनाएको छ ।

हाल घटनास्थलबाट घुस रकमसहितको मुचुल्का तयार पारी साहविरुद्ध आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको आयोगको कार्यालय बर्दीबासले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०८२ असार ३२, बुधबार १७:३३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !