धनुषाको कमलामा पहिलो मेयर क्रिकेट कप सञ्चालनको तयारी, खेलाडी छनोट प्रक्रिया सुरु

धनुषाको कमलामा पहिलो मेयर क्रिकेट कप सञ्चालनको तयारी, खेलाडी छनोट प्रक्रिया सुरु
मधेशपत्र मधेशपत्र २०८२ असार १, आईतवार ११:१५
धनुषाको कमलामा पहिलो मेयर क्रिकेट कप सञ्चालनको तयारी, खेलाडी छनोट प्रक्रिया सुरु

जनकपुरधाम : धनुषा जिल्लाको कमला नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत कार्यक्रमअन्तर्गत ‘मेयर क्रिकेट कप’ आयोजना गर्ने तयारी गरेको छ। सो प्रतियोगिताका लागि नगरपालिकाले वडाहरुलाई आफ्ना प्रतिनिधित्व हुने गरी टिम चयन गरी पठाउन आग्रह गरेको छ।

नगर प्रमुख विशेश्वर यादवद्वारा हस्ताक्षरित पत्रमार्फत वडाध्यक्षहरूलाई खेलाडी छनोट गर्न अनुरोध गरिएको छ।

ADVERTISEMENT

उक्त पत्रमा भनिएको छ, “कमला नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत आयोजना हुने मेयर क्रिकेट कपका लागि वडा अन्तर्गतका गाउँ, टोल तथा बस्तीबाट योग्य खेलाडी छनोट गरी आ-आफ्नो वडा प्रतिनिधित्व गर्ने क्रिकेट टिम तयार गरी प्रतियोगितामा सहभागिता गराइदिनुहुन अनुरोध छ।”

यस प्रतियोगिताबाट स्थानीयस्तरमा खेलकुदप्रतिको रुचि अभिवृद्धि हुने र खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर समेत प्राप्त हुने विश्वास नगरपालिकाले व्यक्त गरेको छ। मेयर क्रिकेट कप कहिले र कहाँ आयोजना हुने भन्ने विस्तृत कार्यतालिका भने निकट भविष्यमा सार्वजनिक गरिने जनाइएको छ।

नगर प्रमुख यादवले खेलकुदलाई सामाजिक एकता र युवाको नेतृत्व विकासमा सशक्त माध्यमका रूपमा लिएको बताउँदै सबै वडा कार्यालयलाई समयमै तयारी गर्न अनुरोध गरेका छन्।

प्रकाशित मिति: २०८२ असार १, आईतवार ११:१५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !