मिथिलाका युवा नेता महतोको आरोप : “काम अर्काको, वाहवाही महासेठको”

मिथिलाका युवा नेता महतोको आरोप : “काम अर्काको, वाहवाही महासेठको”
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १८, आईतवार १२:२७
मिथिलाका युवा नेता महतोको आरोप : “काम अर्काको, वाहवाही महासेठको”

जनकपुरधाम : मिथिला नगरपालिका युवा नेता मनोज कुमार महतोले नेकपा (एमाले) का सचिव पुर्वमन्त्री रधुविर महासेठमाथि बजेटको विषयमा ‘झुटो प्रचार’ गरेको आरोप लगाएका छन्।

नेता महतोले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया दिँदै मिथिला नगरपालिकाका विभिन्न योजनाका लागि स्वीकृत बजेटलाई लिएर सांसद महासेठले ‘वाहवाही लिने प्रयास’ गरेको भन्दै असन्तुष्टि जनाएका हुन्।

ADVERTISEMENT

“काम गर्ने कालु मकै खाने, रधुविर महासेठ भालु,” महतोले लेखेका छन्। उनका अनुसार मिथिला नगरपालिकामा रहेको महेन्द्र बहुमुखी क्याम्पसका लागि अघिल्लो वर्षको क्रमागतसहित यस वर्ष २ करोड १७ लाख, नगरपालिका भवन निर्माणका लागि ७८ लाख र खानेपानी आयोजनाका लागि ६८ लाख रुपैयाँ बजेट विनियोजन भएको छ।

महतोको दाबी छ कि यी सबै योजनाका लागि बजेट नगरपालिकाकै पहलमा ल्याइएको हो। तर प्रतिनिधि सभा सदस्यसमेत रहेका महासेठले आफूले बजेट पारिदिएको भन्दै प्रचारबाजी गरिरहेको भन्दै महतोले आपत्ति जनाएका छन्।

“यदि सांसद महासेठले बजेट पारिदिनुभएको हो भने डकुमेन्ट देखाउनुहोस्,” महतोले चुनौती दिँदै भनेका छन्, “बिना कारण वाहवाही लिने काम बन्द गर्नुहोस् महासेठजी।”

यस विषयमा पुर्वमन्त्री रधुविर महासेठको प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

प्रकाशित मिति: २०८२ जेष्ठ १८, आईतवार १२:२७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !