जनकनन्दिनीमा कांग्रेसको कार्यक्रममा शिक्षिकाको सहभागिता, जसपा प्रवेशको हल्लापछि विवाद

जनकनन्दिनीमा कांग्रेसको कार्यक्रममा शिक्षिकाको सहभागिता, जसपा प्रवेशको हल्लापछि विवाद
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ बैशाख २२, सोमबार १२:३१
जनकनन्दिनीमा कांग्रेसको कार्यक्रममा शिक्षिकाको सहभागिता, जसपा प्रवेशको हल्लापछि विवाद

जनकपुरधाम : पुर्वी धनुषाको जनकनन्दिनी गाउँपालिका–४ मा हालै सम्पन्न नेपाली कांग्रेस पार्टीको कार्यक्रममा खजुरी निम्न माध्यमिक विद्यालयकी शिक्षिका नमिता सहगल कार्कीको उपस्थिति देखिएपछि सामाजिक सञ्जालमा चर्चा चुलिएको छ।

उक्त कार्यक्रममा कांग्रेस पार्टीका वडा सचिव बिंदे साहको संलग्नतामा आयोजना गरिएको थियो। यतिबेला गाउँपालिकाका अध्यक्षको आधिकारिक फेसबुक पेजबाट साहको जसपा प्रवेशसम्बन्धी तस्बिर सार्वजनिक भएपछि राजनीतिक वृत्तमा खलबली मच्चिएको थियो।

ADVERTISEMENT

तर, सो विवादपछी वडा सचिव बिंदे साहसहित कांग्रेसका केही नेताहरूले सामाजिक सञ्जालमार्फत भिडियो जारी गर्दै आफू जसपा पार्टीमा प्रवेश नगरेको र उक्त हल्ला निराधार अफवाह मात्र भएको स्पष्ट पारेका छन्।

भिडियोमा सहभागी व्यक्तिहरूमध्ये शिक्षिका नमिता सहगल कार्कीलाई पनि देखिएको हो, जसले राजनीतिक पार्टीको कार्यक्रममा सरकारी सेवा आचरणसम्बन्धी प्रश्न खडा गरेको छ। यस विषयमा स्थानीय तहका शिक्षक तथा शिक्षा प्रशासनसमेत सचेत बन्नुपर्ने आवश्यकता देखिएको छ।

प्रकाशित मिति: २०८२ बैशाख २२, सोमबार १२:३१
मनोजकुमार मोरबैता

मनोजकुमार मोरबैता

लेखक


तपाईको प्रतिक्रिया !