प्रधानाध्यापक अरुणकुमार मोरबैताको लखनउमा उपचारका क्रममा निधन

प्रधानाध्यापक अरुणकुमार मोरबैताको लखनउमा उपचारका क्रममा निधन
मधेशपत्र मधेशपत्र २०८३ मंसिर १०, बिहीबार २०:१६
प्रधानाध्यापक अरुणकुमार मोरबैताको लखनउमा उपचारका क्रममा निधन

सिरहा : सिरहा नगरपालिका–१७ स्थित जनता आधारभूत विद्यालय, लचकाटोल इनर्वाका प्रधानाध्यापक अरुणकुमार मोरबैताको भारतको लखनउमा उपचारका क्रममा निधन भएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारतको लखनउस्थित एक अस्पतालमा भर्ना भएका मोरबैताको उपचारकै क्रममा मंगलबार निधन भएको परिवारका सदस्यहरूले जानकारी दिएका छन्।

ADVERTISEMENT

सिरहा नगरपालिका–१६, माडर निवासी मोरबैता लामो समयदेखि शिक्षण पेसामा आबद्ध थिए। उनी जनता आधारभूत विद्यालय, लचकाटोल इनर्वामा प्रधानाध्यापकका रूपमा कार्यरत थिए।

शिक्षण पेसाप्रति समर्पित, जिम्मेवार र कुशल शैक्षिक नेतृत्वका रूपमा परिचित मोरबैताको निधनले विद्यालय परिवार, आफन्तजन तथा स्थानीय समुदाय स्तब्ध बनेको छ। उनको निधनको खबरसँगै माडर क्षेत्रसहित स्थानीय शैक्षिक वृत्तमा शोक छाएको छ।

एक अनुभवी शिक्षक तथा प्रधानाध्यापक गुमाउनुपर्दा विद्यालय र समग्र स्थानीय शैक्षिक क्षेत्रमा अपूरणीय क्षति पुगेको स्थानीयहरूले बताएका छन्।

मोरबैताको निधनप्रति विभिन्न क्षेत्रका व्यक्तिहरूले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

प्रकाशित मिति: २०८३ मंसिर १०, बिहीबार २०:१६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !