निर्वाचन आयोगमा अद्यावधिक भयो जनमत पार्टीको ८१ सदस्यीय केन्द्रीय नेतृत्व

निर्वाचन आयोगमा अद्यावधिक भयो जनमत पार्टीको ८१ सदस्यीय केन्द्रीय नेतृत्व
मधेशपत्र मधेशपत्र २०८३ मंसिर ९, बुधबार १७:४१
निर्वाचन आयोगमा अद्यावधिक भयो जनमत पार्टीको ८१ सदस्यीय केन्द्रीय नेतृत्व

जनकपुरधाम : जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित तथा मनोनित ८१ सदस्यीय पदाधिकारी र केन्द्रीय कार्यकारिणी सदस्यहरूको विवरण निर्वाचन आयोगले अद्यावधिक गरेको छ।

पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशन २०८३ असोज १७ गते सम्पन्न भएको थियो। महाधिवेशनबाट चयन भएका पदाधिकारी तथा केन्द्रीय कार्यकारिणी सदस्यहरूको नामावली र संगठनात्मक संरचनासम्बन्धी विवरण आयोगमा अद्यावधिक गरिएको हो।

ADVERTISEMENT

जनमत पार्टीका केन्द्रीय सचिव सन्तोष राज सहनीले निर्वाचन आयोगले पार्टीको नयाँ नेतृत्व तथा केन्द्रीय कार्यकारिणीको विवरण अद्यावधिक गरेको जानकारी दिएका छन्।

उनका अनुसार पार्टीको नयाँ नेतृत्व र संगठनात्मक संरचनाले आधिकारिक मान्यता पाउनु संस्थागत विकास तथा संगठनात्मक सुदृढीकरणका दृष्टिले महत्वपूर्ण उपलब्धि हो।

८१ सदस्यीय केन्द्रीय नेतृत्वको विवरण आयोगमा अद्यावधिक भएसँगै पार्टीका संगठनात्मक गतिविधि तथा संस्थागत कामकारबाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास पार्टीले लिएको छ।

प्रकाशित मिति: २०८३ मंसिर ९, बुधबार १७:४१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !