त्रिभुवन विमानस्थलबाट २ किलो ३४८ ग्राम अवैध सुनसहित दुई चिनियाँ महिला पक्राउ

त्रिभुवन विमानस्थलबाट २ किलो ३४८ ग्राम अवैध सुनसहित दुई चिनियाँ महिला पक्राउ
मधेशपत्र मधेशपत्र २०८३ मंसिर ९, बुधबार ११:०५
त्रिभुवन विमानस्थलबाट २ किलो ३४८ ग्राम अवैध सुनसहित दुई चिनियाँ महिला पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित दुई जना चिनियाँ महिला पक्राउ परेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट २ हजार ३४८ ग्राम अर्थात् २ किलो ३४८ ग्राम सुन बरामद गरिएको छ।

पक्राउ परेका दुवै महिला क्याथे प्यासेफिक एयरलाइन्सको उडानमार्फत गएराति काठमाडौं आइपुगेका थिए। विमानस्थलमा जाँच गर्ने क्रममा उनीहरूको साथबाट अवैध सुन फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

ADVERTISEMENT

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका महिलाले सुन कहाँबाट ल्याएका थिए र त्यसको गन्तव्य कहाँ थियो भन्ने विषयमा थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति: २०८३ मंसिर ९, बुधबार ११:०५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !