वीरगञ्जमा २२ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद, तीन गाडी नियन्त्रणमा

वीरगञ्जमा २२ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद, तीन गाडी नियन्त्रणमा
मधेशपत्र मधेशपत्र २०८३ मंसिर ९, बुधबार १०:५८
वीरगञ्जमा २२ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद, तीन गाडी नियन्त्रणमा

वीरगञ्ज : प्रहरीले पर्साको वीरगञ्जबाट भन्सार छली गरी भित्र्याइएका २२ लाख दुई हजार ७०० रुपैयाँ बराबरका सामान बरामद गरेको छ। प्रहरीले सामान ओसारपसारमा प्रयोग भएका तीनवटा गाडीसहित ती सामग्री नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगञ्ज महानगरपालिका–१० रानीघाटस्थित क्षेत्रबाट भारतबाट भन्सार छली गरी ल्याइएका चार लाख २३ हजार ५०० रुपैयाँ बराबरका सामान बरामद गरिएको हो।

त्यसैगरी, तीनवटा गाडीमा लोड गरी भन्सार छली ल्याउँदै गरिएको १७ लाख ७९ हजार २०० रुपैयाँ बराबरका कपडालगायतका सामान पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

ADVERTISEMENT

बरामद गरिएका सामान तथा नियन्त्रणमा लिइएका तीनवटै गाडी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ मंसिर ९, बुधबार १०:५८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !