इनम सापकोटा प्रकरण : महेश श्रेष्ठलाई रिहाइको माग गर्दै सर्वोच्चमा रिट

इनम सापकोटा प्रकरण : महेश श्रेष्ठलाई रिहाइको माग गर्दै सर्वोच्चमा रिट
मधेशपत्र मधेशपत्र २०८३ मंसिर ९, बुधबार १०:५०
इनम सापकोटा प्रकरण : महेश श्रेष्ठलाई रिहाइको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं : बिचौलिया इनम सापकोटासँग सम्बन्ध रहेको आरोपमा पक्राउ परेका महेश श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ।

श्रेष्ठकी पत्नी यसुदा श्रेष्ठ थापाले दायर गरेको उक्त रिट न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको छ।

अदालतमा सेटिङ मिलाउने गरेको आरोपमा पक्राउ परेका सापकोटासँग श्रेष्ठको सम्पर्क देखिएको र उनीहरूबीच केही आर्थिक कारोबारसमेत भएको पाइएपछि श्रेष्ठलाई पनि अनुसन्धानको दायरामा ल्याइएको थियो।

ADVERTISEMENT

काठमाडौंको कीर्तिपुरबाट पक्राउ परेका श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

यस प्रकरणमा पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। श्रेष्ठकी पत्नीले भने उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै रिहाइको मागसहित सर्वोच्च अदालतको ढोका ढकढक्याएकी हुन्।

प्रकाशित मिति: २०८३ मंसिर ९, बुधबार १०:५०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !