ट्राफिक नियम उल्लंघन गर्ने ७२३ चालकलाई प्रहरीको कारबाही

ट्राफिक नियम उल्लंघन गर्ने ७२३ चालकलाई प्रहरीको कारबाही
मधेशपत्र मधेशपत्र २०८३ मंसिर ४, शुक्रबार १०:१८
ट्राफिक नियम उल्लंघन गर्ने ७२३ चालकलाई प्रहरीको कारबाही

काठमाडौं : काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ७२३ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको विशेष जाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो।

ADVERTISEMENT

शुक्रबार बिहानसम्मको विवरणअनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ५८ जना, सीसीटीभीमार्फत नियम उल्लंघन गर्ने २५ जना र ट्राफिक बत्तीको रातो संकेत उल्लंघन गर्ने २० जना चालक कारबाहीमा परेका छन्।

त्यस्तै, तीव्र गतिमा सवारी चलाउने १३२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६ जना, सवारीसाधनको अवस्था ठीक नभएका ६ जना र लेन अनुशासन उल्लंघन गर्ने २ जना चालक पनि कारबाहीमा परेका छन्।

यसैगरी, अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गरेको कसुरमा ४७३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ मंसिर ४, शुक्रबार १०:१८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !