सुनवर्षीमा दुईतले घरमा आगलागी, एक महिला घाइते

सुनवर्षीमा दुईतले घरमा आगलागी, एक महिला घाइते
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक २६, बिहीबार १२:५६
सुनवर्षीमा दुईतले घरमा आगलागी, एक महिला घाइते

मोरङ: मोरङको सुनवर्षी नगरपालिका–६ प्रगति टोलमा आगलागी हुँदा एक घरमा क्षति पुगेको छ भने एक महिला घाइते भएकी छन्।

प्रहरी निरीक्षक बद्री दाहालका अनुसार बिहीबार राति सवा ८ बजे स्थानीय ७५ वर्षीय दिलबहादुर कार्कीको काठले बनेको दुईतले घरमा आगलागी भएको हो।

ADVERTISEMENT

आगलागीमा कार्कीकी २६ वर्षीया छोरी निशा कार्की घाइते भएकी छन्। उनको दुवै हात र दाहिने खुट्टा जलेको प्रहरीले जनाएको छ।

घाइते निशालाई उपचारका लागि रंगेली अस्पताल पठाइएको र उनको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक दाहालले जानकारी दिए।

आगलागीको कारण खुल्न सकेको छैन। घटनाबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक २६, बिहीबार १२:५६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !