धनुषामा ४५ बर्षिय महिलामाथि २२ बर्षिय युवकले गरे बलात्कार

धनुषामा ४५ बर्षिय महिलामाथि २२ बर्षिय युवकले गरे बलात्कार
राधेश्याम राउत राधेश्याम राउत २०८३ कार्तिक २६, बिहीबार ५:३५
धनुषामा ४५ बर्षिय महिलामाथि २२ बर्षिय युवकले गरे बलात्कार

जनकपुरधाम : धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ ईनरवा मल्हनीयास्थित एक महिलामाथि बलात्कार भएको घटना बाहिरिएको छ । घटना एक महिनापछि बाहिरिएको हो ।
जनकनन्दिनी वडा नं. १ ईनरबास्थित गत असोज २३ गते बेलुकी घर बाहिर गएकी महिलालाई २२ बर्षिय युवकले बलात्कार गरेको घटनाको रहस्योदघाटन भएको छ ।

ईलाका प्रहरी कार्यालय खजुरीका अनुसार, गत असोज २३ गतेको घटना रहेकोमा आरोपित फरार रहेका छन् । घटना भएपछि भोलीपल्टै महिलाको स्वास्थ्य परीक्षण गरी प्रक्रिया अनुसार मुद्दा चलाईएको थियो ।

ADVERTISEMENT

मुद्दा चलेपछि जिल्ला अदालत धनुषाबाट आरोपितलाई पक्राउ पूर्जी जारी भएकोमा आरोपित विगत एक महिनादेखि फरार रहेको छ । प्रहरीका अनुसार, उनको खोजी कार्य तीव्र पारिएको हो ।

सोही स्थान बस्ने स्थानीय दिपक सहनीमाथि मुद्दा दर्ता भई पक्राउ पूर्जी जारी भएको हो । उनी अहिले एक महिनादेखि फरार छन् ।
एक महिना बितिसक्दा समेत आरोपितलाई धनुषा प्रहरीले भने पक्राउ गर्न सकेका छैनन् ।

प्रकाशित मिति: २०८३ कार्तिक २६, बिहीबार ५:३५
राधेश्याम राउत

राधेश्याम राउत

लेखक


तपाईको प्रतिक्रिया !