काठमाडौं उपत्यकामा २४ घण्टामा ५१२ चालक कारबाहीमा, मापसे गर्ने सबैभन्दा धेरै

काठमाडौं उपत्यकामा २४ घण्टामा ५१२ चालक कारबाहीमा, मापसे गर्ने सबैभन्दा धेरै
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक २५, बुधबार ११:११
काठमाडौं उपत्यकामा २४ घण्टामा ५१२ चालक कारबाहीमा, मापसे गर्ने सबैभन्दा धेरै

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ५१२ जना चालक कारबाहीमा परेका छन्। कारबाहीमा पर्नेमा सबैभन्दा बढी मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने चालक रहेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारबाही गरिएको हो।

ADVERTISEMENT

प्राप्त विवरणअनुसार मापसे गरी सवारी चलाउने १३६ जना चालक कारबाहीमा परेका छन्। त्यस्तै, तीव्र गतिमा सवारी चलाउने ९९ जना, अवस्था ठीक नभएका सवारी साधन चलाउने २१ जना र ट्राफिक संकेत (रेड लाइट) उल्लंघन गर्ने १६ जना कारबाहीमा परेका छन्।

यसैगरी, अनावश्यक हर्न बजाउने ८ जना र एकतर्फी सडक (वन वे) नियम उल्लंघन गर्ने एक जना चालकलाई कारबाही गरिएको छ।

ट्राफिक प्रहरीले सिसिटिभीमार्फत ३६ जना चालकलाई कारबाही गरेको छ भने अन्य विभिन्न कसुरमा १९६ जना चालक कारबाहीमा परेका छन्।

सडक दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीले सबै चालकलाई ट्राफिक नियमको अनिवार्य पालना गर्न आग्रह गरेको छ।

 

प्रकाशित मिति: २०८३ कार्तिक २५, बुधबार ११:११
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !