सप्तरीमा शैशव राजुको अध्यक्षतामा ३४ सदस्यीय ‘हुंकार मधेश’ जिल्ला अभियन्ता समूह गठन

सप्तरीमा शैशव राजुको अध्यक्षतामा ३४ सदस्यीय ‘हुंकार मधेश’ जिल्ला अभियन्ता समूह गठन
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक १७, मंगलवार २१:४७
सप्तरीमा शैशव राजुको अध्यक्षतामा ३४ सदस्यीय ‘हुंकार मधेश’ जिल्ला अभियन्ता समूह गठन

राजविराज : ‘हुंकार मधेश’को प्रथम जिल्ला भेला सप्तरीको राजविराजस्थित सप्तरी उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ। भेलाले शैशव राजुको अध्यक्षतामा ३४ सदस्यीय जिल्ला अभियन्ता समूह गठन गरेको छ।

भेलालाई सम्बोधन गर्दै हुंकार मधेशका केन्द्रीय प्रवक्ता केशव कुमारले विगत ७५ वर्षको राजनीतिक अभ्यासले देशमा बलिया राजनीतिक दल निर्माण गर्न नसकेको टिप्पणी गरे।

ADVERTISEMENT

सामूहिक पहिचान र अधिकारका लागि स्पष्ट विचार तथा सिद्धान्त आत्मसात् हुन नसकेको र नेतृत्वमा आजीवन अध्यक्ष रहने प्रवृत्तिले राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनको अनुभूति गराउन नसकेको उनको भनाइ थियो।

यही अवस्थालाई परिवर्तन गर्दै नयाँ राजनीतिक तथा सामाजिक विकल्प निर्माण गर्ने उद्देश्यले ‘हुंकार मधेश’ गठन गरिएको उनले बताए।

त्यस्तै, संगठनका आर्थिक विभाग प्रमुख तथा केन्द्रीय अभियन्ता सचिदानन्द झाले मधेशी समुदाय आर्थिक रूपमा आत्मनिर्भर नबन्दासम्म र जातीय विभेदको समूल अन्त्य नभएसम्म मधेशको मुक्ति सम्भव नरहेको धारणा व्यक्त गरे।

कार्यक्रममा चन्द्रानन्द ज्योतिष, मनोज कुमार, बैजु स्वामी, सम्बोध कुमार, भोगेन्द्र मण्डल र डा. विशेष यादवसहितका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

यसैबीच, संगठनले आगामी मंसिरको पहिलो सातादेखि मेची–महाकाली ‘हुंकार हुलाकी यात्रा’ सञ्चालन गर्ने जानकारीसमेत दिएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक १७, मंगलवार २१:४७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !