एनपीएल: आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

एनपीएल: आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक १५, आईतवार ९:४६
एनपीएल: आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । आजको खेल जित्दै दुवै टोली अंकतालिकामा आफ्नो स्थिति सुधार्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।

ADVERTISEMENT

जनकपुरले प्रतियोगितामा अहिलेसम्म दुई खेल खेलेको छ । पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुरले दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई हराउँदै पहिलो जित निकालेको थियो ।

यता पोखरा एभेन्जर्सले भने प्रतियोगितामा एक खेल मात्रै खेलेको छ । पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको पोखरा आज जितको खोजीमा हुनेछ ।

हालसम्मको अंकतालिकामा जनकपुर पाँचौँ स्थानमा रहँदा पोखरा पुछारमा छ । त्यसैले आजको खेल दुवै टोलीका लागि अंक जोड्दै प्रतियोगितामा आफ्नो स्थिति सुधार्ने अवसर हुनेछ।

प्रकाशित मिति: २०८३ कार्तिक १५, आईतवार ९:४६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !