काठमाडौं उपत्यकामा असोज ३० गतेसम्म यी स्थानबाट ग्यास वितरण हुने

काठमाडौं उपत्यकामा असोज ३० गतेसम्म यी स्थानबाट ग्यास वितरण हुने
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २६, सोमबार ११:३०
काठमाडौं उपत्यकामा असोज ३० गतेसम्म यी स्थानबाट ग्यास वितरण हुने

काठमाडौं : नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा आजदेखि असोज ३० गतेसम्म तोकिएका बिक्री केन्द्रबाट ग्यास वितरण गर्ने भएको छ। संघका अनुसार उपभोक्ताले बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म ग्यास खरिद गर्न सक्नेछन्।

उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा विभिन्न स्थानमा वितरणको व्यवस्था मिलाइएको संघले जनाएको छ।

ADVERTISEMENT

संघका अनुसार पछिल्लो समय भारतका विभिन्न रिफाइनरीबाट एलपी ग्यासको आयात सहज भइरहेको छ। भदौ महिनामा मात्रै चार लाख २१ हजार ६६१ सिलिन्डर ग्यास बिक्री तथा वितरण भएको थियो।

ग्यासको आपूर्ति सहज हुँदै गए पनि चाडपर्वका बेला केही उपभोक्ताले ग्यास पाउन समस्या भएको र खाली सिलिन्डर साट्नसमेत कठिनाइ भएको गुनासो गरेपछि विशेष वितरण व्यवस्था मिलाइएको संघले जनाएको छ।

यी स्थानबाट पाइन्छ ग्यास

संघका अनुसार काठमाडौं उपत्यकाका निम्न स्थानमा रहेका बिक्री केन्द्रबाट ग्यास वितरण गरिनेछ।

  • सिफलचौर: ग्यास एन्ड अक्सिजन ट्रेडर्स
  • पेप्सीकोला: पेप्सीकोला बिक्री केन्द्र
  • बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि: नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणीका बिक्री केन्द्र
  • सुकेधारा: बाबा र श्री ग्यास
  • कलंकी: साइबाबा, श्रीकृष्ण, गीता र आरके ट्रेडर्स
  • हरिसिद्धि: श्रीराम, नेपाल र एचपी ग्यास
  • चपली, बूढानीलकण्ठ: भागु ग्यास
  • सतुङ्गल: श्रीमाया बिक्री केन्द्र

सम्बन्धित उद्योगकै सिलिन्डर लैजान आग्रह

संघले तोकिएका बिक्री केन्द्रमा सम्बन्धित ग्यास उद्योगकै सिलिन्डर साट्ने व्यवस्था गरिएको जनाएको छ। अन्य बिक्री केन्द्रमा सिलिन्डर साट्न नपाइने भएकाले उपभोक्तालाई आफूले प्रयोग गरिरहेको सम्बन्धित उद्योगको सिलिन्डर लिएर मात्र ग्यास खरिद गर्न आग्रह गरिएको छ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष विद्यान चन्दले उपभोक्तालाई तोकिएको समय र स्थानमा पुगेर ग्यास खरिद गर्न अनुरोध गरेका छन्।

प्रकाशित मिति: २०८३ आश्विन २६, सोमबार ११:३०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !