मुगुमा सुक्खा पहिरो खस्दा एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

मुगुमा सुक्खा पहिरो खस्दा एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २६, सोमबार १०:२८
मुगुमा सुक्खा पहिरो खस्दा एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

सुर्खेत : मुगुको खत्याड गाउँपालिका–११ स्थित बिरा खोलामा सुक्खा पहिरो खस्दा एक्स्काभेटरसहित चालक पुरिएका छन् भने सहचालक घाइते भएका छन्।

सोमबार बिहान करिब ८:३० बजे मुगु–रारा भित्री सडकखण्डअन्तर्गत बेलीब्रिज पुल जोड्ने नयाँ सडकको कटिङ गर्ने क्रममा पहिरो खसेको हो। पहिरोमा बा ३ क ३२७६ नम्बरको एक्स्काभेटरसहित चालक २४ वर्षीय विमल बाग पुरिएका छन्। उनी बझाङका बासिन्दा भए पनि स्थायी ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

एक्स्काभेटरमा सवार सहचालक मुगुको सोरु गाउँपालिका–१ निवासी २२ वर्षीय विनय मल्ल ढुङ्गाले लागेर घाइते भएका छन्। उनको हात र खुट्टामा चोट लागेको छ। प्रहरीका अनुसार उनी बोल्न सक्ने अवस्थामा छन्।

चालकको उद्धार जारी

पहिरोमा पुरिएका चालकलाई बाहिर निकाल्न प्रहरी टोलीले उद्धार कार्य जारी राखेको छ।

इलाका प्रहरी कार्यालय रातापानीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक निबन्ध बुढाको कमान्डमा ६ जना र प्रहरी चौकी माझचौरबाट प्रहरी सहायक निरीक्षक आनन्दकुमार प्याकुरेलको कमान्डमा ७ जना गरी १३ जना प्रहरी घटनास्थलमा खटिएका छन्।

घटनास्थल इलाका प्रहरी कार्यालय रातापानीबाट करिब ७ किलोमिटर पूर्व र प्रहरी चौकी माझचौरबाट ११ किलोमिटर पश्चिममा पर्छ।

चालकको उद्धार तथा घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ आश्विन २६, सोमबार १०:२८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !