उदयपुरमा एक हजार किलोभन्दा बढी गाँजा बरामद, एक युवक पक्राउ

उदयपुरमा एक हजार किलोभन्दा बढी गाँजा बरामद, एक युवक पक्राउ
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २६, सोमबार १२:१७
उदयपुरमा एक हजार किलोभन्दा बढी गाँजा बरामद, एक युवक पक्राउ

उदयपुर : उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले एक हजार ४० किलो ४४० ग्राम गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो गाडीसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ भने घटनामा संलग्न अन्य व्यक्तिहरू फरार भएका छन्।

प्रहरीका अनुसार चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको हो।

ADVERTISEMENT

आइतबार राति करिब २ बजे गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले पार्किङ गरेर राखिएको बा१४च २२५५ नम्बरको बोलेरो गाडी जाँच गरेको थियो। सो क्रममा २९ वटा बोरामा राखिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गाँजाको तौल बोरासहितको रहेको छ।

त्यस्तै, कटारी नगरपालिका–६ स्थित सागुरी पुलनजिकैको जंगलबाट प्रहरीले थप १०० किलो गाँजा बरामद गरेको छ। उक्त घटनामा ताप्ली गाउँपालिका–२ का करिब २२ वर्षीय विश्वराज राई पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय कटारीबाट आइतबार राति १०:२० बजे खटिएको प्रहरी टोलीले पाँचवटा बोरामा राखिएको गाँजासहित राईलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनलाई तिनतलेबाट सिराहातर्फ गाँजा लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको थियो। घटनामा संलग्न अन्य व्यक्तिहरू भने फरार छन्।

दुवै घटनाबाट बरामद गरिएको गाँजाको कुल तौल एक हजार ४० किलो ४४० ग्राम रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ। बोलेरो गाडीसहित गाँजा बरामद भएको घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै दुवै घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ आश्विन २६, सोमबार १२:१७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !