बुढीगण्डकी बाढी: अहिलेसम्म ३६ जनाको उद्धार

बुढीगण्डकी बाढी: अहिलेसम्म ३६ जनाको उद्धार
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २५, आईतवार १४:०४
बुढीगण्डकी बाढी: अहिलेसम्म ३६ जनाको उद्धार

काठमाडौं : गोरखाको बुढीगण्डकी नदीमा आज बिहान आएको बाढीपछि अहिलेसम्म ३६ जनाको उद्धार भएको छ।

नेपाली सेनाकाअनुसार बाढी प्रभावित क्षेत्रमा एमआई १७ सहित ४ वटा हेलिकप्टर परिचालन गरिएको छ।

ADVERTISEMENT

हेलिकप्टर तथा स्थलमार्गबाट खटिएका सेनाले हालसम्म जगत इलाकाबाट ६ जनाको उद्धार गरेका छन्।

त्यसैगरी न्याक्फेदीबाट ९ जना तथा यारुबाट १ शिशु र १ विदेशी नागरिकसहित ९ जनाको उद्धार भएको छ।

पायु क्षेत्रबाट १२ जनासहित हालसम्म बाढी प्रभावित क्षेत्रबाट ३६ जनाको उद्धार भएको नेपाली सेनाले जनाएको छ।

सेनाका अनुसार अन्य सुरक्षा निकाय तथा सरकारवालाहरूसँगको समन्वयमा बाढी प्रभावित क्षेत्रमा थप खोज तथा उद्धार कार्य जारी छ।

बाढीले धेरै भौतिक संरचनामा क्षति गरे पनि अहिलेसम्म मानवीय क्षतिको विवरण भने प्राप्त नभएको सुरक्षा निकायहरूले जनाएका छन्।

तर स्थानीय जनप्रतिनिधिहरूले भने केही मानिसहरू बाढीपछि सम्पर्कविहीन भएको जानकारी दिएका छन्।

प्रकाशित मिति: २०८३ आश्विन २५, आईतवार १४:०४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !