बिपी राजमार्ग अवरुद्ध

बिपी राजमार्ग अवरुद्ध
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २४, शनिबार ०९:२९
बिपी राजमार्ग अवरुद्ध

काठमाडौं : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टका अनुसार पहिरो हटाएर राजमार्ग सञ्चालन गर्ने प्रयास जारी छ ।

ADVERTISEMENT

निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन असहज भएको छ । राजमार्गका अन्य स्थानमा पनि अवरोध हुनसक्ने भएकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति: २०८३ आश्विन २४, शनिबार ०९:२९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !