धनुषा–२ मा ७ जना महाधिवेशन प्रतिनिधि एकलौटी चयन गरेको आरोप, प्रसैला र गोहिबारले लिए फिर्ता

धनुषा–२ मा ७ जना महाधिवेशन प्रतिनिधि एकलौटी चयन गरेको आरोप, प्रसैला र गोहिबारले लिए फिर्ता
मधेश पत्र मधेश पत्र २०८३ आश्विन २०, मंगलवार २२:५८
धनुषा–२ मा ७ जना महाधिवेशन प्रतिनिधि एकलौटी चयन गरेको आरोप, प्रसैला र गोहिबारले लिए फिर्ता

जनकपुरधाम : नेपाली कांग्रेस धनुषा निर्वाचन क्षेत्र नम्बर–२ मा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनमा विधि र प्रक्रिया मिचिएको भन्दै पार्टीभित्रै विवाद चर्किएको छ।

क्षेत्र नम्बर–२ बाट कुल ३३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन भएर जानुपर्नेमा ७ जनाको नाम मात्रै एकलौटी रूपमा केन्द्रमा पठाइएको आरोप कांग्रेसका युवा नेताहरूले लगाएका छन्।

ADVERTISEMENT

क्षेत्रीय अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्ने प्रक्रियालाई बेवास्ता गर्दै रामकृष्ण यादव, मुक्ता यादव, दिनेश प्रसाद प्रसैला, जयप्रकाश ठाकुर, सुदेश चौधरी, नवीन गोहिबार र सुमदेव प्रसाद साहको नाम केन्द्रमा पठाइएको भन्दै युवा नेताहरूले आपत्ति जनाएका हुन्।

क्षेत्र नम्बर–२ अन्तर्गत पर्ने विभिन्न पालिकाका सभापति पदेन केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने व्यवस्था रहे पनि बाँकी प्रतिनिधिहरूको चयनका लागि अधिवेशन नै नगरी नाम टुंग्याइएको आरोप उनीहरूको छ।

यसरी अधिवेशनको प्रक्रिया पूरा नगरी प्रतिनिधिको नाम चयन गरिएको भन्दै क्षेत्रका कांग्रेस कार्यकर्ताले विरोध जनाएका छन्। उनीहरूले सर्वसम्मत, निर्वाचन, सहमति वा अन्य कुनै लोकतान्त्रिक प्रक्रियाबाट प्रतिनिधि छनोट नगरी एकलौटी रूपमा नाम केन्द्रमा पठाइएको आरोप लगाएका छन्।

यसैबीच, केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा पठाइएको भनिएका दिनेश प्रसाद प्रसैला र नवीन गोहिबारले आफ्नो नाम फिर्ता लिएका छन्। उनीहरूले सामाजिक सञ्जालमार्फत अधिवेशनको प्रक्रिया नै पूरा नभएको भन्दै प्रतिनिधिका रूपमा आफ्नो नाम फिर्ता लिएको स्पष्ट पारेका छन्।

उनीहरूले धनुषा–२ मा विधिवत् अधिवेशन नगरी प्रतिनिधि छनोट गरिएको भन्दै त्यस प्रक्रियालाई बहिष्कार गरेका हुन्।

क्षेत्रीय अधिवेशनको प्रक्रियालाई ओभरटेक गरी प्रतिनिधि चयन गरिएको र त्यसमा रामकृष्ण यादव तथा मुक्ता यादवको भूमिका रहेको आरोपसमेत कांग्रेसभित्र उठेको छ।

प्रकाशित मिति: २०८३ आश्विन २०, मंगलवार २२:५८
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !