कांग्रेसको वरिष्ठ उपसभापतिमा शर्मा निर्विरोध निर्वाचित

कांग्रेसको वरिष्ठ उपसभापतिमा शर्मा निर्विरोध निर्वाचित
मधेश पत्र मधेश पत्र २०८३ आश्विन २०, मंगलवार २२:३७
कांग्रेसको वरिष्ठ उपसभापतिमा शर्मा निर्विरोध निर्वाचित

काठमाडौं : विश्वप्रकाश शर्मा नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्। वरिष्ठ उपसभापति पदमा एकल उम्मेदवारी परेपछि शर्मा निर्विरोध निर्वाचित भएका हुन्।

यद्यपि, औपचारिक घोषणाका लागि भने केही समय कुर्नुपर्नेछ।

ADVERTISEMENT

यसअघि उनी विशेष महाधिवेशनबाट उपसभापति बनेका थिए। त्यसअघि उनी पार्टीको महामन्त्री थिए। सभापतिसमेत रहेका गगन थापा र शर्मा १४औं महाधिवेशनबाट महामन्त्री बनेका थिए।

विशेष महाधिवेशनदेखि १५औं महाधिवेशनसम्म आइपुग्दा थापा र शर्माले विशेष भूमिका निर्वाह गर्दै आएका थिए। कांग्रेसले १५औं महाधिवेशनका विधान संशोधन गर्दै वरिष्ठ उपसभापति पद बनाएको थियो। यसअघि कांग्रेस दुई उपसभापति रहने व्यवस्था थियो। अहिले उपसभापति पनि तीन जना राख्ने व्यवस्था गरिएको छ।

प्रकाशित मिति: २०८३ आश्विन २०, मंगलवार २२:३७
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !