सर्वोच्च अदालतको नयाँ भवनमा फेरि आगलागी, तीन कम्प्युटर जले

सर्वोच्च अदालतको नयाँ भवनमा फेरि आगलागी, तीन कम्प्युटर जले
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ३१, बुधबार ११:२२
सर्वोच्च अदालतको नयाँ भवनमा फेरि आगलागी, तीन कम्प्युटर जले

काठमाडौं : सर्वोच्च अदालतको नयाँ भवनमा फेरि आगलागी भएको छ। बुधबार बिहान करिब साढे ८ बजे नयाँ भवनको भुइँतलामा रहेको मुद्दा फाँटमा आगलागी भएको हो।

मुद्दा फाँटका २० र २१ नम्बर कोठामा आगलागी हुँदा तीन वटा कम्प्युटर जलेर क्षतिग्रस्त भएका छन्।

ADVERTISEMENT

न्यायकर्मी हरि भट्टराईले आगलागी भएको स्थानका तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने बताएका छन्। उनले सर्वोच्चको नयाँ भवनमा पुनः आगलागी भएको भन्दै सावधानी अपनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

यसअघि भदौ १७ गते राति पनि सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी भएको थियो।

त्यसैगरी, गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतको पुरानो भवनमा आगजनी भएको थियो। त्यसपछि सर्वोच्च अदालतको कामकारबाही नयाँ भवनबाट सञ्चालन हुँदै आएको छ।

प्रकाशित मिति: २०८३ भाद्र ३१, बुधबार ११:२२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !