कमला नदीमा पानीको बहाव बढ्दो, नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह

कमला नदीमा पानीको बहाव बढ्दो, नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह
सुरेश ठाकुर सुरेश ठाकुर २०८३ भाद्र ३०, मंगलवार २३:०३
कमला नदीमा पानीको बहाव बढ्दो, नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह

सिरहा : सिन्धुलीस्थित कमला नदीमा पानीको बहाव बढ्दै गएपछि सिरहामा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ ।

धनुषा र सिरहा जोड्ने कमला नदीमा समेत पानीको बहाव बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय सिरहाले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय सिरहाले मंगलबार सूचना जारी गर्दै कमला नदी आसपासमा बसोबास गर्ने सर्वसाधारणलाई सावधानी अपनाउन अनुरोध गरेको छ ।

प्रहरीले नदीको बहाव बढ्न सक्ने भएकाले नदी किनारमा नजान, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष ध्यान दिन र जोखिमपूर्ण गतिविधि नगर्न आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक एवं निमित्त प्रवक्ता नरेश लिम्बुका अनुसार बाढी तथा नदीजन्य जोखिमबाट सुरक्षित रहन आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

कुनै समस्या वा जोखिमको अवस्था देखिएमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरीलाई जानकारी गराउनसमेत आग्रह गरिएको छ ।

प्रकाशित मिति: २०८३ भाद्र ३०, मंगलवार २३:०३
सुरेश ठाकुर

सुरेश ठाकुर

लेखक


तपाईको प्रतिक्रिया !