उच्च अदालतका लागि तीन न्यायाधीश सिफारिस

उच्च अदालतका लागि तीन न्यायाधीश सिफारिस
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ३०, मंगलवार १२:२५
उच्च अदालतका लागि तीन न्यायाधीश सिफारिस

काठमाडौं : न्यायपरिषद्ले उच्च अदालतका लागि तीन जना न्यायाधीशको नाम सिफारिस गरेको छ।

न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेललाई उच्च अदालत सुर्खेतको न्यायाधीशमा सिफारिस गरेको छ।

ADVERTISEMENT

त्यस्तै, जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेलाई उच्च अदालत जनकपुरको न्यायाधीशमा पदस्थापनका लागि सिफारिस गरिएको छ।

फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंहलाई पनि उच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको छ। उनलाई उच्च अदालत विराटनगरमा पदस्थापनका लागि सिफारिस गरिएको हो।

यसैगरी, न्यायपरिषद्को बैठकले तीन जना सहसचिव ठगीन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।

बढुवा भएका कट्टेल र दाहाललाई सर्वोच्च अदालतको रजिष्ट्रार तथा भट्टराईलाई न्यायपरिषद्को सचिवमा जिम्मेवारी दिने निर्णय गरिएको छ।

हेर्नुहोस निर्णयहरू–

प्रकाशित मिति: २०८३ भाद्र ३०, मंगलवार १२:२५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !