उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, शपथको तयारी

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, शपथको तयारी
मधेशपत्र मधेशपत्र २०८३ भाद्र २५, बिहीबार १६:५८
उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, शपथको तयारी

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले उद्योगमन्त्रीमा दीपक कुमार साहलाई सिफारिस गरेका छन्।

सुनसरी-४ का सांसद साहको नाम प्रधानमन्त्री शाहले राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्।

ADVERTISEMENT

‘प्रधानमन्त्रीज्यूले रिक्त हुन आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा सुनसरी-४ बाट निर्वाचित दीपककुमार साहलाई सिफारिस गरेर राष्ट्रपति कार्यालय पठाउनुभएको छ,’ सचिवालय सदस्यले नेपालखबरसँग भने, ‘आजै साँझ शपथको तयारी छ।’

शपथ साँझ साढे ५ बजे हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ।

उद्योगमन्त्रीबाट गौरीकुमारी यादवले बिहीबार राजीनामा दिएपछि सो पद रिक्त थियो।

प्रकाशित मिति: २०८३ भाद्र २५, बिहीबार १६:५८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !