जसपा नेपालद्वारा लुम्बिनीका चार र कोशीका एक सांसदसहित दुई दर्जन जनप्रतिनिधि निष्काशित

जसपा नेपालद्वारा लुम्बिनीका चार र कोशीका एक सांसदसहित दुई दर्जन जनप्रतिनिधि निष्काशित
मधेशपत्र मधेशपत्र २०८३ भाद्र २०, शनिबार ११:४०
जसपा नेपालद्वारा लुम्बिनीका चार र कोशीका एक सांसदसहित दुई दर्जन जनप्रतिनिधि निष्काशित

काठमाडौं : जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका चार जना प्रदेश सभा सदस्यहरूलाई कारबाही गरेको छ।

पार्टीको नीति निर्णय विपरित लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरी सरकारमा समेत सहभागी भएको भन्दै रुपन्देही निर्वाचन क्षेत्र नं. ३ (१) बाट निर्वाचित सन्तोष कुमार पाण्डेय, समानुपातिक निर्वाचन तर्फबाट निर्वाचित हेमा वेल्वासे (के.सी.), बाँके निर्वाचन क्षेत्र नं. २ (१) बाट निर्वाचित भण्डारीलाल अहिर र बाँके निर्वाचन क्षेत्र नं. २ (२) बाट निर्वाचित आदेश कुमार अग्रवाललाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको हो।

ADVERTISEMENT

यस्तै, प्रदेश नं. १ समानुपातिक तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य निर्मला तावालाई पनि कारबाही गरिएको जसपा नेपालले जनाएको छ।

यही भदौ १६, १७ र १८ गते ललितपुरको बालकुमारीमा पार्टीका संरक्षक महन्थ ठाकुरको उपस्थिति तथा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो।

गत प्रतिनिधि सभा निर्वाचन २०८२ का क्रममा पार्टीको नीति, सिद्धान्त, विधान, निर्णय तथा निर्देशनविपरीत कार्य गर्ने पार्टीका तर्फबाट निर्वाचित दुई दर्जन स्थानीय तहका जनप्रतिनिधि तथा कार्यकर्तालाई समेत कारबाही गरिएको जनाएको छ।

पार्टीका तर्फबाट स्थानीय तहहरूमा निर्वाचित जनप्रतिनिधिहरूः सिरहा जिल्ला लहान नगरपालिकाका उपप्रमुख पार्टीका तर्फबाट निर्वाचित राम चलित्तर महतो, सुखवा नन्कारकट्टी गापा वडा नं. ४ रमेश कुमार यादव, धनगढीमाई नपा वडा नंं. ७ विजय कुमार महतो, कर्जन्हा नपा वडा नं. ६ प्रकाशमान श्रेष्ठ, कर्जन्हा नपा वडा नं. ८ शम्भु कुमार व्यार, कर्जन्हा नपा वडा नं. ९ मो.मुस्तकिम, कर्जन्हा नपा वडा नं. ११ किस्मत राई, यसैगरी पर्सा जिल्ला कालिकामाई गापा वडा नं. ३ का अध्यक्ष संजय कुमार पटेल र सोही गापा वडा नं. १ का अध्यक्ष लालबाबु राउत बरै, खोटाङ जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राई, केपीलासगढी गापा उपप्रमुख गुरुराज राई, चिरुङ नपा वडा नं. १० का वडा अध्यक्ष मुग्धन राई, चिरुङ नपा वडा नं. १० का वडा सदस्य सहरमान राई, चिरुङ नपा वडा नं. १० का वडा सदस्य कल्पना राई, चिरुङ नपा वडा नं. १० का वडा सदस्य दलित महिला गिता वि.क., चिरुङ नपा वडा नं. १० का वडा सदस्य रामधन राईलाई जसपाले निष्काशित गरेको छ।

यस्तै, धिरुम नपा वडा नं. ८ का कार्यपालिका सदस्य विरेन्द्र कुमार दर्नाल, जिल्ला भोजपुर टेम्केमैयुङ गापा वडा नं. ३ का अध्यक्ष वालकृष्ण राई, जिल्ला उदयपुर लिचिङवुङ गापा ४ वडा अध्यक्ष छत्र बहादुर राई, जिल्ला इलाम माम्सेबुङ गापाका उपप्रमुख विनोद नेम्वाङ, ईलाम सन्दकपुर गापा वडा अध्यक्ष ज्ञानेन्द्र गुरुङ र जिल्ला सुनसरी कोशी गापा वडा नं. ६ का वडा अध्यक्ष जुडीलाल कडौरीयालाई पनि पार्टीको विधानबमोजिम अनुशासनसम्बन्धी कारबाही गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरिएको जसपाले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

जसपा नेपालले भोटेकोसीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा रु. २१ लाख प्रदान गरेको छ।

पार्टीले अग्रगामी मोर्चाको गठनलाई सर्वसम्मतिले स्वागत तथा समर्थन गरेको महासचिव डा.सुरेन्द्र कुमार झाले जनाएका छन्।

जसपा नेपालले ‘नेपालको वर्तमान राजनीतिक अवस्था र जसपा, नेपालको रणनीतिक दिशा’ विषयक राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ भने केन्द्रीय समितिको बैठक आगामी असोज १३, १४ र १५ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरिएको महासचिव झाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: २०८३ भाद्र २०, शनिबार ११:४०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !