कृष्णभिरको बाटो खुलाउन रुख कटान सुरु

कृष्णभिरको बाटो खुलाउन रुख कटान सुरु
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १८, बिहीबार १२:०९
कृष्णभिरको बाटो खुलाउन रुख कटान सुरु

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा अवरुद्ध सडक खुलाउन पहिरो पन्छाउने तयारी अघि बढाइएको छ ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोको दुवैतर्फबाट १८ जना जनशक्ति परिचालन गरी सडक क्षेत्रमा रहेका रुख कटान सुरु गरिएको हो । पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणसमेत सडकको दुवै छेउमा तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ ।

ADVERTISEMENT

रुख कटानको काम सकिएलगत्तै निर्माण उपकरण परिचालन गरेर पहिरो पन्छाउने काम सुरु गरिने मन्त्रालयले जनाएको छ । सडक सञ्चालनलाई प्राथमिकतामा राखेर काम तीव्र गतिमा अघि बढाइएको मन्त्रालयको भनाइ छ ।

कृष्णभिरमा सडक भासिएर राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यकाको आपूर्ति व्यवस्थासमेत प्रभावित भएको छ । राजधानी आवतजावत गर्ने यात्रुले लामो दूरीको वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने भएकाले थप सास्ती खेपिरहेका छन् ।

सडक अवरुद्ध भएको मौका छोपेर बजारमा केही वस्तुको कृत्रिम अभाव सिर्जना गर्न थालिएको र त्यसले उपभोक्तालाई थप मारमा पारेको बताइएको छ ।

राजमार्ग यथाशीघ्र सञ्चालनमा ल्याउन सके काठमाडौं उपत्यकामा भइरहेको आपूर्ति समस्या र यात्रुको कठिनाइ केही हदसम्म कम हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २०८३ भाद्र १८, बिहीबार १२:०९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !