कमला–३ मा सार्वजनिक तथा बजार क्षेत्रको जग्गा खाली गर्न ५ दिनको अल्टिमेटम

कमला–३ मा सार्वजनिक तथा बजार क्षेत्रको जग्गा खाली गर्न ५ दिनको अल्टिमेटम
मधेश पत्र मधेश पत्र २०८३ भाद्र १६, मंगलवार १३:३१
कमला–३ मा सार्वजनिक तथा बजार क्षेत्रको जग्गा खाली गर्न ५ दिनको अल्टिमेटम

जनकपुरधाम : धनुषाको कमला नगरपालिका-३ अन्तर्गत बजार तथा सार्वजनिक जग्गाको क्षेत्रमा निर्माण गरिएका घर, टहरा, कटघेरा तथा अन्य संरचना हटाएर जग्गा खाली गर्न निर्देशन दिएको छ।

नगरपालिकाले मंगलबार सार्वजनिक गरेको सूचनामार्फत बजार तथा सार्वजनिक जग्गा क्षेत्रमा रहेका त्यस्ता संरचना सूचना प्रकाशित भएको मितिले पाँच दिनभित्र हटाउन सम्बन्धित व्यक्ति तथा पक्षलाई आग्रह गरेको हो।

ADVERTISEMENT

कमला नगरपालिकाका नगर प्रमुख विशेश्वर यादवद्वारा हस्ताक्षरित सूचनामा सार्वजनिक जग्गा तथा बजार क्षेत्रको जग्गा खाली गराउन आवश्यक प्रक्रिया अघि बढाइएको जनाइएको छ।

सूचनामा तोकिएको समयभित्र घर, टहरा, कटघेरा तथा अन्य संरचना नहटाए नगरपालिकाले त्यस्ता संरचना हटाउने उल्लेख गरिएको छ। त्यसक्रममा घरटहरा तथा अन्य सरसामान हटाउने क्रममा हुन सक्ने हानी–नोक्सानी तथा टुटफुटको क्षतिको जिम्मेवारी सम्बन्धित व्यक्ति स्वयंले व्यहोर्नुपर्ने नगरपालिकाले स्पष्ट पारेको छ।

नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण तथा व्यवस्थापनका लागि यस्तो सूचना जारी गरेको जनाएको छ। नगरपालिकाको वेबसाइटमा पनि सार्वजनिक जग्गा संरक्षणसम्बन्धी सूचना प्रकाशित गरिएको देखिन्छ।

नगरपालिकाले सूचनाको समयसीमाभित्रै सम्बन्धित व्यक्तिहरूलाई आफ्नो संरचना तथा सरसामान हटाई सार्वजनिक जग्गा खाली गरिदिन आग्रह गरेको छ।

प्रकाशित मिति: २०८३ भाद्र १६, मंगलवार १३:३१
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !