भोटेकोशी बाढीपीडितलाई ओम शान्ति सपिङ सेन्टरको १ लाख ५० हजार बराबरको कपडा सहयोग

भोटेकोशी बाढीपीडितलाई ओम शान्ति सपिङ सेन्टरको १ लाख ५० हजार बराबरको कपडा सहयोग
बिपीनकुमार यादव बिपीनकुमार यादव २०८३ भाद्र १६, मंगलवार १४:४७
भोटेकोशी बाढीपीडितलाई ओम शान्ति सपिङ सेन्टरको १ लाख ५० हजार बराबरको कपडा सहयोग

जनकपुरधाम : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि धनुषाको जनकनन्दिनी गाउँपालिका–३ पर्खे महुवास्थित ओम शान्ति सपिङ सेन्टरले १ लाख ५० हजार रुपैयाँ बराबरको रेडिमेड कपडा सहयोग गरेको छ।

गत बुधबार भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपीडितका लागि राहतस्वरूप कपडा सहयोग गरिएको ओम शान्ति सपिङ सेन्टरका सञ्चालक गणेश गुप्ताले बताए।

ADVERTISEMENT

उनका अनुसार बालबालिकादेखि वयस्कसम्मका लागि प्रयोग गर्न मिल्ने नयाँ रेडिमेड कपडा सहयोग गरिएको हो। कुल १९७ थान कपडा सङ्कलन गरी मंगलबार धनुषा क्षेत्र नम्बर २ का पूर्वमन्त्री उमाशंकर अरगरियामार्फत संघीय सरकारलाई हस्तान्तरण गरिएको थियो।

सञ्चालक गुप्ताले राहत सामग्री वास्तविक बाढीपीडितसम्म पुर्‍याउन आग्रह गरे। ‘हाम्रो सानो प्रयासले विपद्मा परेका परिवारलाई केही राहत पुग्ने विश्वास गरेका छौं,’ उनले भने।

राहत सामग्री बुझ्दै पूर्वमन्त्री अरगरियाले विपद्को समयमा ओम शान्ति सपिङ सेन्टरले गरेको सहयोगको प्रशंसा गरे।

‘विपद्को घडीमा तपाईंहरूले गर्नुभएको यो सहयोग अमूल्य छ। यस्ता मनकारी हातहरूको साथले नै हामी पुनःस्थापित हुन सक्छौं,’ अरगरियाले भने।

उनले बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि धनुषावासीलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नसमेत आग्रह गरे।

राहत हस्तान्तरण कार्यक्रममा निवर्तमान उपाध्यक्ष मनिष रमन साह, कोषाध्यक्ष परमेश्वर साह, लेखा अध्यक्ष ओमप्रकाश कर्णलगायतको उपस्थिति थियो।

सहयोगस्वरूप प्राप्त १९७ थान कपडा जनकपुर उद्योग वाणिज्य संघलाई समेत हस्तान्तरण गरिएको जनाइएको छ।

प्रकाशित मिति: २०८३ भाद्र १६, मंगलवार १४:४७
बिपीनकुमार यादव

बिपीनकुमार यादव

लेखक


तपाईको प्रतिक्रिया !