रसुवा भन्सारका १४ कर्मचारी सम्पर्कविहीन

रसुवा भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १०, बुधबार १३:४५

काठमाडौं : रसुवाको टिमुरेस्थित रसुवा भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी बाढीपछि सम्पर्कविहीन भएका छन्।

भोटेकोसी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरूमध्ये १४ जना सम्पर्कविहीन भएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले जनाएको छ।

ADVERTISEMENT

सचिवालयका अनुसार सम्पर्कविहीन हुनेमा भन्सार कार्यालयका ११ जना स्थायी र तीन जना करारका कर्मचारी रहेका छन्।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुङ्गानासहित २५ जना कर्मचारी भने सम्पर्कमा आएका छन्।

कार्यालयमा चार जना करार तथा ज्यालादारी कर्मचारी कार्यरत रहेकामा एक जना सम्पर्कमा आएको जनाइएको छ।

बाढीका कारण टिमुरे क्षेत्र प्रभावित भएपछि सम्पर्कविहीन कर्मचारीको अवस्था यकिन गर्न खोजी तथा उद्धारका लागि आवश्यक पहल भइरहेको छ।

प्रकाशित मिति: २०८३ भाद्र १०, बुधबार १३:४५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !