बाढीपीडितको उद्धार र राहतमा जुट्न संसदले आह्वान गर्ने

बाढीपीडितको उद्धार र राहतमा जुट्न संसदले आह्वान गर्ने
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १०, बुधबार १३:२४
बाढीपीडितको उद्धार र राहतमा जुट्न संसदले आह्वान गर्ने

काठमाडौँ : त्रिशूली नदीमा आएको भीषण बाढीका कारण बुधबार बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूची प्रभावित भएको छ।

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रश्नोत्तर कार्यक्रम राखिएको थियो। तर, बाढीका कारण उक्त कार्यक्रम स्थगित हुने भएको छ।

ADVERTISEMENT

बैठकमा गृहमन्त्री सुधन गुरुङले सरकारका तर्फबाट त्रिशूलीसहित विभिन्न क्षेत्रमा आएको बाढी, त्यसबाट भएको क्षति तथा उद्धार र राहतका लागि भइरहेका प्रयासबारे सदनलाई जानकारी गराउने तयारी गरिएको छ।

बाढीबाट भएको जनधनको क्षतिबारे सांसदहरूलाई धारणा राख्न आकस्मिक समय उपलब्ध गराउने तयारीसमेत गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई घटनाबारे आफ्ना कुरा राख्ने अवसर दिने भएका छन्।

बैठकपछि प्रतिनिधिसभाले बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सरकारलाई आवश्यक निर्देशन दिने तयारी गरेको छ।

साथै, विपद्को यस घडीमा उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा जुट्न सम्बन्धित निकाय, राजनीतिक दल, जनप्रतिनिधि तथा सर्वसाधारणलाई समेत आह्वान गर्ने तयारी रहेको संसद्का एक अधिकारीले जानकारी दिए।

प्रकाशित मिति: २०८३ भाद्र १०, बुधबार १३:२४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !