भोटेकोसी बाढीको जोखिम सुस्तासम्मै रहने

भोटेकोसी बाढीको जोखिम सुस्तासम्मै रहने
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १०, बुधबार १३:१६
भोटेकोसी बाढीको जोखिम सुस्तासम्मै रहने

काठमाडौं : रसुवाको भोटेकोसी नदीमा आएको बाढीको जोखिम नवलपरासी पूर्वको सुस्ता क्षेत्रसम्मै रहने आकलन गरिएको छ।

जल विज्ञान तथा अनुसन्धान केन्द्रले बाढीको प्रकृति र नदीको बहावलाई आधार बनाएर सुस्तासम्म बाढीको जोखिम हुन सक्ने जनाएको हो। यसअघि चितवनको देवघाटसम्म मात्रै जोखिम रहने अनुमान गरिएको थियो।

ADVERTISEMENT

केन्द्रका अनुसार सुस्तासम्म बाढीको सम्भावनालाई मध्यनजर गर्दै सर्वसाधारणलाई मोबाइल एसएमएसमार्फत बाढीसम्बन्धी पूर्वसूचना पठाउने तयारी भइरहेको छ। सम्भावित जोखिम क्षेत्रमा आवश्यक पूर्वतयारीसमेत थालिएको केन्द्रले जनाएको छ।

केन्द्रका बाढीविद् सौहार्द जोशीले बाढीको अवस्था अझै सामान्य नभएकाले जोखिम कायमै रहेको बताए।

‘बाढीको जोखिम अहिलेसम्म घटेको छैन। बाढीको प्रकृति हेर्दा सुस्तासम्मै जोखिम हुन सक्छ,’ उनले भने।

उनका अनुसार नदीको बहाव र बाढीको अवस्थालाई निरन्तर निगरानीमा राखिएको छ। जोखिमको सम्भावनाका आधारमा तल्लो तटीय क्षेत्रमा रहेका बस्तीलाई समयमै सचेत गराउने तयारी गरिएको छ।

प्रकाशित मिति: २०८३ भाद्र १०, बुधबार १३:१६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !