कुखुरा किसानका समस्या लिएर कृषि मन्त्री भेट्न पुगे सांसद यादव

कुखुरा किसानका समस्या लिएर कृषि मन्त्री भेट्न पुगे सांसद यादव
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १०, बुधबार ००:४३
कुखुरा किसानका समस्या लिएर कृषि मन्त्री भेट्न पुगे सांसद यादव

जनकपुरधाम : कुखुरा पालन व्यवसायमा देखिएका समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयबीच प्रभावकारी समन्वय गर्नुपर्ने माग सिरहा–४ का प्रतिनिधि सभा सदस्य इन्जिनियर तपेश्वर यादवले गरेका छन्।

मंगलबार कृषि मन्त्री गीता चौधरीसँग भेटघाट गर्दै प्रतिनिधि सभा सदस्य यादवले कुखुरा पालक किसानले भोग्दै आएका समस्या समाधानका लागि तत्काल पहल गर्न आग्रह गरेका हुन्।

ADVERTISEMENT

किसानले दाना तथा चल्लाको बढ्दो मूल्य, उत्पादन लागतमा वृद्धि, रोगको जोखिम, बजारको अस्थिरता, बिचौलियाको समस्या तथा उत्पादनको उचित मूल्य नपाउनेजस्ता समस्या भोग्दै आएको यादवले कृषि मन्त्री चौधरीसमक्ष बताएका थिए।

किसानका समस्या समाधानका लागि कृषि मन्त्री चौधरी, उद्योगमन्त्री र गृहमन्त्रीलाई एउटै ठाउँमा राखेर प्रत्यक्ष छलफल गर्नुपर्ने उनको माग छ। तत्कालीन र दीर्घकालीन समाधानका लागि सम्बन्धित मन्त्रालयबीच समन्वय गरी ठोस निर्णय लिनुपर्ने उनले बताएका छन्।

कुखुरा पालक किसानलाई सहुलियतपूर्ण ऋण, प्रभावकारी बीमा, रोग नियन्त्रण तथा खोप, गुणस्तरीय दाना र चल्लाको सहज उपलब्धता, बजार व्यवस्थापन तथा उत्पादनको उचित मूल्य सुनिश्चित गर्नुपर्ने यादवको भनाइ छ।

किसानको लगानी सुरक्षित गर्नु, उत्पादनको उचित मूल्य सुनिश्चित गर्नु तथा कुखुरा पालन व्यवसायलाई व्यवस्थित र आत्मनिर्भर बनाउनु आफ्नो प्राथमिकता रहेको उनले बताएका छन्।

किसानका समस्या सुन्ने मात्र नभई समाधान निकाल्ने गरी सम्बन्धित मन्त्री र सरोकारवालालाई एउटै ठाउँमा ल्याएर छलफल अघि बढाउनुपर्नेमा प्रतिनिधि सभा सदस्य यादवले जोड दिएका छन्।

प्रकाशित मिति: २०८३ भाद्र १०, बुधबार ००:४३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !