रौतहटबाट सप्तरी सरुवा भएका वन अधिकृत ठाकुरलाई बिदाइ

रौतहटबाट सप्तरी सरुवा भएका वन अधिकृत ठाकुरलाई बिदाइ
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ८, सोमबार १५:४९
रौतहटबाट सप्तरी सरुवा भएका वन अधिकृत ठाकुरलाई बिदाइ

रौतहट : डिभिजन वन कार्यालय रौतहटका वन अधिकृत मनोज ठाकुरलाई डिभिजन वन कार्यालय सप्तरीमा सरुवा भएपछि सोमबार बिदाइ गरिएको छ।

मधेस प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधामले भदौ ४ गते गरेको निर्णयअनुसार ठाकुरलाई डिभिजन वन कार्यालय सप्तरीमा सरुवा गरिएको हो।

ADVERTISEMENT

रौतहटमा करिब ४० दिन जिम्मेवारी सम्हालेका ठाकुरले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, डिभिजन वन कार्यालयका कर्मचारी, सामुदायिक तथा साझेदारी वन उपभोक्ता समूह र जिल्लावासीप्रति आभार व्यक्त गरेका छन्।

बिदाइका क्रममा ठाकुरले वन संरक्षण तथा व्यवस्थापनका क्रममा सबै पक्षबाट प्राप्त सहयोग र विश्वासले आफ्नो जिम्मेवारी पूरा गर्न महत्वपूर्ण भूमिका खेलेको बताए।

‘प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको पूर्ण सहयोग, डिभिजन वन कार्यालय रौतहटका सम्पूर्ण कर्मचारी साथीहरूको सक्रियता, सामुदायिक तथा साझेदारी वन उपभोक्ता समूहको विश्वास र रौतहटवासी जनताको ममताले ४० दिनको जिम्मेवारी पूरा गर्न सहयोग पुगेको छ,’ ठाकुरले भने।

उनले रौतहटमा रहँदा सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी, कार्यालयका कर्मचारी, वन उपभोक्ता समूह तथा सम्पूर्ण जिल्लावासीप्रति हार्दिक आभारसमेत व्यक्त गरेका छन्।

ठाकुरले अब डिभिजन वन कार्यालय सप्तरीमा वन अधिकृतका रूपमा जिम्मेवारी सम्हाल्नेछन्।

प्रकाशित मिति: २०८३ भाद्र ८, सोमबार १५:४९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !