‘हामी सुन्छौँ’ अभियानमा जुली यादव, दिनभरि नागरिकका गुनासा सुन्दै

‘हामी सुन्छौँ’ अभियानमा जुली यादव, दिनभरि नागरिकका गुनासा सुन्दै
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ८, सोमबार १२:०८
‘हामी सुन्छौँ’ अभियानमा जुली यादव, दिनभरि नागरिकका गुनासा सुन्दै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य जुली यादवले पार्टीको ‘हामी सुन्छौँ’ अभियानअन्तर्गत आज दिनभरि केन्द्रीय कार्यालय (घण्टी घर) मा उपस्थित भएर नागरिकका कुरा सुन्ने भएकी छन्।

यादवले सामाजिक सञ्जालमार्फत आफू आज रास्वपाको केन्द्रीय कार्यालयमा उपस्थित रहने जानकारी दिँदै आफ्ना कुरा, सुझाव, गुनासा तथा अपेक्षा खुलेर राख्न नागरिकलाई आग्रह गरेकी छन्।

ADVERTISEMENT

उनले भनेकी छन्, “हामी सुन्छौँ अभियानअन्तर्गत आज दिनभरि रास्वपाका केन्द्रीय कार्यालयमा तपाईंहरूलाई सुन्न उपस्थित छु। आउनुहोस्, आफ्ना कुरा, सुझाव, गुनासा र अपेक्षाहरू खुलेर राख्नुहोस्।”

रास्वपाले नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, गुनासा र सुझाव सुन्ने उद्देश्यले ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै आएको छ। अभियानमार्फत पार्टी कार्यालयमा आउने नागरिकसँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्ने कार्यक्रम राखिएको छ।

यादवले नागरिकका समस्या र अपेक्षालाई प्राथमिकताका साथ सुन्ने बताउँदै आफ्नो धारणा राख्न सबैलाई आह्वान गरेकी छन्। उनले पार्टी र जनताबीचको दूरी कम गर्न प्रत्यक्ष संवाद आवश्यक रहेकोमा जोड दिएकी छन्।

अभियानअन्तर्गत नागरिकले आफ्ना स्थानीय समस्या, सार्वजनिक सेवा, विकास निर्माण, राजनीतिक तथा सामाजिक विषयसँग सम्बन्धित गुनासा र सुझाव राख्न सक्नेछन्।

प्रकाशित मिति: २०८३ भाद्र ८, सोमबार १२:०८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !