भारतका लागि पूर्वनेपाली राजदूत धौभडेलको निधन

भारतका लागि पूर्वनेपाली राजदूत धौभडेलको निधन
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ३१, आईतवार १२:३३
भारतका लागि पूर्वनेपाली राजदूत धौभडेलको निधन

काठमाडौं : भारतका लागि पूर्वनेपाली राजदूत प्रा. हर्षनारायण धौभडेलको निधन भएको छ। ९० वर्षीय धौभडेलको क्यानडाको क्यालगरीमा निधन भएको हो।

लामो समयदेखि पार्किन्सन्स रोगबाट पीडित धौभडेलको अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई छोरी निशाको क्यालगरीस्थित निवासमा राखिएको थियो। सोही क्रममा उनको निधन भएको ज्वाइँ ज्योति वैद्यले जानकारी दिए।

ADVERTISEMENT

धौभडेलका चार छोरीमध्ये तीन जना क्यानडामा र एक जना अमेरिकामा बस्दै आएका छन्।

नेकपा एमाले नेतृत्वको तत्कालीन सरकारले उनलाई २०५१ माघ १८ गते भारतका लागि नेपाली राजदूत नियुक्त गरेको थियो। राजदूतका रूपमा उनले नेपाल–भारत द्विपक्षीय सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

प्रा. धौभडेलले संयुक्त राज्य अमेरिकाको ओरेगन विश्वविद्यालयबाट शिक्षा विषयमा स्नातकोत्तर गरेका थिए।

भक्तपुर पुर्ख्यौली घर भएका धौभडेलको जन्म १९९२ फागुनमा सिराहामा भएको थियो। उनका हजुरबुबा शंकरदास रोजगारीका क्रममा सिराहा पुगेपछि धौभडेल परिवार तराई क्षेत्रमा बसोबास गर्न थालेको थियो।

प्रकाशित मिति: २०८३ श्रावण ३१, आईतवार १२:३३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !